नेपालगन्जमा भाइमसला किन्नेको भिड (फाेटाेसहित)

बाँके । बाँके जिल्लाको नेपालगन्जको एकलाइनी बजार जहाँ चाडपर्वको बेला बिहानै देखि सामान किन्नेको भिड एकदमै हुने गर्दछ।
नेपालीको दोस्रो ठुलो पर्व तिहारको लागि किनमेल गर्नेको घुइँचो यहाँ मात्र होइन अधिकांश बजारमा देख्न सकिन्छ। लक्ष्मी पूजा म्ह पूजा र भाइटिकाको लागि आवश्यक हरेक सामान एकै ठाउँमा पाइने भएकोले पनि यहाँ घुइँचो बढी लाग्ने गर्दछ।

विशेष गरेर भाइ मसला किन्न उपभोक्ताहरू नेपालगन्जको एकलाइनी बजार पुग्ने गर्दछन् । भाइमसला तिहारको विशेष र नभई नहुने मिष्ठान्न परिकार हो । तिहारको अन्तिम ए महत्वपूर्ण दिन भाइटिका जुन दिन दिदीबहिनीहरुले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गरि सप्तरङ्गी टिका सयपत्री मखमली फुलको माला लगाई आशीष दिने गरिन्छ।यसै उपलक्ष्यमा दाजुभाइले दिदीबहिनीलाई गच्छे अनुसार लत्ताकपडा र दक्षिणा दिने गर्छन् भने दिदीबहिनीले मिठाई फलफूल र भाइमसला दिने गर्दछन् । भाइ मसला बजारमा प्याकिङ गरेको र छुट्टाछुट्टै खुद्रामा पनि खरिद गर्न सकिन्छ।
परिवार धेरै भएका र धेरै आवश्यक भएकाहरूले खुद्रामा लिएता पनि एक दुई जना मात्रको लागि भने प्याकिङ नै खरिद गर्ने गरिन्छ। प्याकिङ गरिएको भाइमसला भने आकार प्रकार अनुसार फरक रहेको छ।

पछिल्लो समय भाइ मसला खुल्लामा भन्दा प्याकिङ गरेर बिक्री हुने गरेको छ।बजारमा यसको मूल्य १५० देखि अधिकतम २ हजार सम्मको राखिने गरेको तिन दशक देखि एकलाइनीमा व्यापार गरिरहनु भएका अलामुजिद्दिन खाको भनाई रहेको छ।
किनमेल गर्ने उपभोक्ता पनि गतबर्ष भन्दा यसबर्ष मूल्यमा खासै फरक नभएको र महँगो नभएको बताउनुहुन्छ कोहलपुर १ बाट तिहारको सामान किन्न आउनुभएकी टिका थापा ।
पछिल्लो समय अखाद्य सामग्रीको बिक्री वितरण भएको भन्दै दुइचार स्थानमा छापा मारेको खबर बाहिर आएपनि बजारमा अखाद्य सामाग्री बिक्री नभएको एकलाइनीका व्यापारी फैज अन्सारीको भनाई रहेको छ।

भाइमसला अर्थात् ड्राइफुर्ट्स जाडोयाम सुरु हुनै लाग्दा यस्ता खानेकुरा शरीरका लागि बढी लाभदायक हुने पोषणविदहरु बताउछ्न संभवत त्यसैले जाडोको मौसमसँग जुध्न शरीरलाई भाइमसला जरुरी हुने भएकोले यस्तो प्रचलन सुरु भएको हो। सामान्य देखि महँगो सम्मका प्याकेटमा भाइमसलाका साथै चकलेट र कृत्रिम खानेकुराहरू पनि राख्ने गरिन्छ।
माइतीको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै दिइने भाइमसला सकेसम्म प्राकृतिक खानेकुराले भरिपूर्ण भएको हुनुपर्छ ।यसमा खासगरी ओखर बदाम नरिवल किसमिस काजु आदि समावेश गरिन्छ। दाजुभाइका लागि दिइने मसलाहरू स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ। तिहारमा प्रयोग हुने । भाई मसलाको प्रयोगले शारीरिक विकासका साथै रोगसित लड्न सक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलस्टोर समेत नियन्त्रण गर्ने चिकित्सकहरूको भनाई रहेको छ।








प्रतिक्रिया राख्नुहोस्