गाउँ गाउँ पुगेर झल्ला बिक्री गर्दै राजवंशी समुदाय

विराटनगर । मोरङ र झापा लगायत अन्य क्षेत्रहरूमा चाडपर्व लक्षित गरेर राजवंशीको समुदायको पेशालाई संकट पर्नमा नदिन गाउँ गाउँमा झल्ला बिक्री वितरण गरेका छ ।
झापा गौरीगंज–६ निवासी जयदीप राजवंशी अहिले मोरङको गाउँ गाउँमा पुगेर झल्ला बिक्री गर्दै आइरहेका हुन ।
झापा गौरीगंज निवासी राजवंशीले २० वर्षदेखि मोरङ, झापा लगायत अन्य ठाउँहरूमा चाडपर्वको समयमा गाउँ गाउँमा पुगेर झल्ला बिक्री गर्दै आइरहेका छन् ।
राजवंशीका घरमा महिलाहरूले जुटबाट बनाउने गरेको र आफू गाउँमा पुगेर १ हजार देखि १ हजार २ सय सम्म बिक्री गर्ने गरेको उहाँको भनाई छ ।
दैनिक ५ सय देखि ६ सय सम्म आम्दानी हुने गरेको जयदीप राजवंशीले बताउनुभयो । कमाएको आम्दानीबाट जीविकोपार्जन गर्ने गरेको समेत उहाँले बताउनुभयो ।
महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि घरमै जुटबाट झल्ला बनाउने गरेकोले आफूmलाई बिक्री गर्न सहज भएको उहाँको कथन छ । झल्ला पेशामा युवाहरूको आकर्षण नदेखिएकोले पुर्ख्यौली पेशालाई सङ्कटमा पर्न नदिन आफूहरू लागि परेको बताउनुभयो ।
मोरङको ग्रामथान गाउँपालिका–२ का रानी मुडियारीले घरमा ओछ्याउनका लागि गुन्द्रीको सट्टा जाडोयामको समयमा झल्लाको प्रयोग गर्ने गरेको बताउनुभयो । उहाँले गुन्द्रीहरूमा चिसो हुने र झल्लामा न्यानो हुने, स्वास्थ्यको दृष्टिकोण उपयोगी हुने र धेरै वर्षसम्म टिकाउ हुनुभएकाले यसको लोकप्रियता गाउँ–गाउँमा बढ्दै गइरहेको बताउनुभयो ।
सरकारले झल्ला बिक्री गर्ने राजवंशी समुदायलाई जागरूक बनाएर सीप विकास गरी आत्मनिर्भर बनाउनुपर्ने आवश्यक देखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्