सहिदलाई सम्मान र सहयोग गर्ने अर्थमन्त्री मास्किको प्रतिबद्धता
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्किले सहिदहरूको सम्मानको लागि सधैँ सम्मान र सहयोग हुने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

घोराही १७ बेलभारमा सहिद ऋषि राधा स्मृति केन्द्रको प्रथम साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रममा उहाँले दोहोरो भिडन्तमा मारिनु सामान्य भए पनि निर्दोष मान्छेलाई समेत हत्या गरिएको स्मरण गर्नुभयो ।
देशमा गणतन्त्र र परिवर्तन हजारौँ सहिदको सपनाले मात्र आएको उहाँले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री मास्किले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना जनयुद्धको कारणले भएको दाबी गर्नुभयो ।
जनमतको आधारमा माओवादी कमजोर भए पनि सहिदका सपना साकार पार्न सक्ने स्थानमा आफूहरू रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा राप्ती गाउँ पालिकाका अध्यक्ष प्रकाश बिष्टले जनयुद्धका बेला गरिएका सबै बाचाहरू पूरा गर्न नसकिए पनि धेरै सकारात्मक कामको शुरुवात भएको बताउनुभयो । ऋषि राधा स्मृति केन्द्रलाई गाउँपालिकाको पूर्ण सहयोग रहने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्