तपाईँ सुन्दै हुनुहुन्छः

सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले भूकम्पका क्रममा सार्वजनिक निकायहरूलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ ।

प्रवक्ता तथा सूचना आयुक्त कमला ओली थापाद्वारा जारी विज्ञप्तिमा कार्तिक २४ गते बसेको आयोगको बैठकले भूकम्प पीडितको उपचार, राहतका लागि भइरहेका प्रयासबारे सञ्चारका विभिन्न माध्यमबाट नियमित जानकारी गराउने, राहत वितरण, उपलब्ध र वितरण भएका वा गरिने तथा खरिद गरिने सामग्री, सेवा तथा राहतबारे नियमित रुपमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहहरूबाट सार्वजनिक गराउने व्यवस्था मिलाउने लगायतका निर्णय गरेको जनाइएको छ ।

पूर्ण विवरण:

प्रतिक्रिया राख्नुहोस्

Back to top button