तपाईँ सुन्दै हुनुहुन्छः

देवघाटको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा सामूहिक गाई पूजा गरिँदै 

चितवन । भरतपुर महानगरपालिका–१ देवघाटधाममा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा सामूहिक गाई पूजा गरिने भएको छ । केन्द्रले  तिहारको अवसरमा कात्तिक २६, २७ र २८ गते तीनदिनसम्म सामूहिकरुपमा लक्ष्मी, गाई र गोवर्द्धन पूजा गरिने भएको हो ।

विगतका वर्षहरुमा जस्तै लक्ष्मी पूजाको अवसरमा यस वर्ष लक्ष्मीको प्रतिकस्वरुप सामूहिकरुपमा गौ पूजा गर्न लागिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिक २६ गते लक्ष्मी पूजा, २७ गते गाई पूजा र २८ गते हुने गोवद्र्धन पूजा देवघाटका पिठाधीश  ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आथित्यता हुनेछ । 

पछिल्लो समय  रैथाने जातका गाई लोप हुँदै गएको भन्दै ढकालले यसको संरक्षणमा समेत टेवा पुग्ने भएकाले बर्षेनी सामूहिक गाई पूजा गर्दै आएको उहाँले बताउनु भयो । 

योगी नरहरिनाथबाट २०५२ सालमा स्थापना गरिएको गौ संरक्षण केन्द्रमा हाल दुईसय भन्दा बढी गाई पालिएको छ । यी गाईबाट उत्पादन भएको मलमूत्रबाट आयुर्वेदिक औषधिहरू समेत बनाइने गरिएको ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button