तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा भूकम्प पीडितका  लागि १ सय २५ अस्थायी आवास निर्माण गरिने

बाजुरा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले जिल्लाका  १ सय २५ जना भूकम्प पीडित स्थानीयको अस्थायी आवास निर्माण गरिदिने भएको छ।  गत असोज १६ गते बझाङको तलकोट र चैनपुर आसपास  केन्द्र विन्दु भएर गएको भूकम्पका कारण बाजुरामा करिब १४ सय बढी घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए ।

भूकम्पका कारण पूर्ण रुपमा घर भत्किएर घरविहीन भएका बुढीगंगा तथा त्रिवेणी नगरपालिका र खप्तड क्षेडेदहका १ सय २५ परिवारलाई शौचालय सहितको अस्थायी आवास बनाउन नगद ५० हजार सहयोग गरिने रेडक्रस बाजुरा शाखाले जनाएको छ ।

बिहीबार रेडक्रस बाजुराको बैठकले  १ सय २५ जनाको अस्थायी आवास बनाउन आर्थिक सहयोग गर्नुका साथै  भूकम्प प्रभावित ३ सय परिवारलाई १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका मन्त्री टङ्क न्यौपानेले बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button