तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्ड रोल्पामा

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आज रोल्पा पुग्नुभएको छ ।  रोल्पामा आयोजना गरिएको कार्यक्रममा सहभागीहुनको लागि  उहाँ आज बिहान काठमाडौंबाट रोल्पा हेलिकप्टरमा पुग्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्ड थबाङका  स्थानीय बासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्‌घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनुहुनेछ । 

प्रधानमन्त्री प्रचण्डले आजै  निर्माण सम्पन्न भइसकेको ५० शैयाको रोल्पा अस्पताल भवन उद्‌घाटन गर्ने कार्यक्रमसमेत रहेको छ । दाहालले आजै नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय समिति रोल्पाले खुल्ला मञ्च टुँडिखेलमा आयोजना गरेको जनसभामा सहभागी भई सम्बोधन गर्नुहुने कार्यक्रमसमेत छ।

प्रधानमन्त्री सहभागी हुने सबै कार्यक्रमको तयारी पूरा भैसकेको आयोजकहरूले जनाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button