तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी प्रथम वीरगन्ज गोल्डकपको फाइनलमा

वीरगञ्ज । प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत वीरगन्ज स्थित आदर्शनगर रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौँले सङ्कटा क्लब काठमाडौँलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ ।

त्रिभुवन आर्मीका जर्सी नम्बर ३० का रिपु कुलुङले पहिलो हाफको २२ औ मिनेटमा गरेको गोल नै निर्णायक भएसँगै त्रिभुवन आर्मी वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

आजको प्रतियोगिताको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका जर्सी नम्बर ३० का खेलाडी रिपु कुलुङ घोषित भए ।

प्रतियोगिताको फाइनल खेल शनिबार त्रिभुवन आर्मी क्लब काठमाडौँ र नेपाल पुलिस क्लब काठमाडौँबिच हुने कार्यक्रम रहेको प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिनुभयो ।

यस अघि नेपाल पुलिस क्लब आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

मधेस प्रदेशकै सर्वाधिक धनराशिको रहेको प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगितामा उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक वीरगञ्ज महानगरपालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button