तपाईँ सुन्दै हुनुहुन्छः

नहरमा डुबेर बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो बेलौरी नगरपालिका–९ डाँडाकुन्डास्थित नहरमा डुबेर ७ वर्षीय एलेक्स बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका–७ बस्ने केशव बोहराका ७ वर्षीय छोरा एलेक्स दसैँदेखि बेलौरीस्थित मामाघरमा बस्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button