संसदीय समितिका निर्देशन कार्यान्वयनमा सरकाले तदारुकता देखाएन : अधिकारकर्मी

काठमाडौँ I संसदीय समितिले दिएका निर्देशन कार्यान्वयनमा सरकाले तदारुकता नदेखाएको अधिकारकर्मीहरूले बताएका छन् ।
प्रतिनिधि सभा, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको उपभोक्ता हितका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिसँग समितिको कामकारबाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा अधिकारकर्मीहरूले समितिले दिएको निर्देशन सरकारको कार्यान्वयनको प्राथमिकतामा नपरेको बताउनुभयो ।
बैठकमा, उहाँहरूले संसदीय समितिले आपसी समन्वयलाई प्रभावकारी बनाउँदै दिएका निर्देशन कार्यान्वयन भए नभएको सम्बन्धमा निरन्तर ताकेता गर्नुपर्ने सुझाव दिनुभयो ।
उपभोक्ताकर्मीहरुले बजार अनुगमनलाई चाडपर्व लक्षितमात्र नभई निरन्तर गर्नुपर्ने, उपभोक्ता ऐनलाई समयानुकूल बनाउनुपर्ने र मौजुदा ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगायतका सुझावहरू दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्