भारत सरकारले दिएको राहत सामग्री जाजरकोट र रुकुम पश्चिम पठाइँदै
नेपालगन्ज। भारत सरकारले सहयोग गरेको राहत सामग्री आज जाजरकोट र पश्चिम रुकुममा पठाउने तयारी गरिएको छ ।
नेपालगञ्ज विमानस्थलमा राखिएका सामानलाई ट्रकमा लोड गरेर दुई जिल्लामा पठाउने तयारी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । भारतले भूकम्प प्रभावितलाई ‘प्लाष्टिक तार्पोलिन’ त्रिपाल ६ सय २५ थान, स्लिपिङ ब्याग १ हजार थान, ब्ल्यांकेट १ हजार थान, टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य सामग्री (४८ प्रकार) का केही कार्टुनमा दिएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्ज विमानस्थलमै सामान ल्याएर उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्नुभएको थियो । भारतले दिने अन्य सामान आज पनि आउँदै छ ।








प्रतिक्रिया राख्नुहोस्