तपाईँ सुन्दै हुनुहुन्छः

देशमा अराजक तत्वको हावी छ :महेश बस्नेत

नवलपरासी।नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री महेश बस्नेतले पछिल्लो समय देशमा अराजक तत्त्वको हाबी भएको बताउनु भएको छ ।

बस्नेतले देशमा सामाजिक सद्भाव खलबल्याउने तत्त्वहरू हाबी भएकाले सरकारले सहिष्णुता कायम गर्न त्यस्ता गतिविधि नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो।राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले सोमबार नवलपरासीको सुनवलमा आयोजना गरेको प्रथम अधिवेशनको उद्घाटन शत्रमा बोल्दै नेता बस्नेतले केही व्यक्तिहरूले निहित स्वार्थमा अराजकता प्रदर्शन गरिरहेकाले चनाखो हुनु पर्ने बेला आएको उल्लेख गर्नु भयो ।

जनताका समस्या र सामाजिक न्यायमा भन्दा नेतृत्वमा पदीय लोलुपताको चाहाना तीव्र भएकाले पार्टी कमजोर हुन नदिन कम्युनिस्ट आन्दोलनको मर्म बिर्सिन नहुने उहाँले भन्नुभयो ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबे,नेकपा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।कार्यक्रममा युवा सङ्घले भूकम्पपीडित घाइतेहरूका लागि रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो।अधिवेशन बाट सुरज खरेलको अध्यक्षतामा ६९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको नेकपा एमाले जिल्ला सचिव धिरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button