तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुर गोल्ड कपमा दुधौली स्पोर्ट्स क्लब विजयी

नेपालगञ्ज । बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्ड कप फुटबल प्रतियोगितामा दुधौली स्पोर्ट्स क्लब विजयी भएको छ ।

आज पाँचौँ दिन भएको खेलमा क्यामरुनको एभिनियर एफसीलाई ट्राई ब्रेकरमा हराउँदै दुधौली स्पोर्ट्स क्लब विजयी भएको हो । दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल टाई बेकरमा गएको हो । आजको खेलमा दुधौलीका गोल रक्षक लोकेश चौधरीलाई म्यान अफ द म्याच घोषित गरिएको थियो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका क्षेत्रीय सभापति पोषण केसीले चौधरीलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

कार्तिक २२ गतेसम्म चल्ने प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसीसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैयाँ र दोस्रो हुनेलाई ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button