तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पका घाइतेको अवस्था बुझ्न उपप्रधानमन्त्री खड्का भेरी अस्पतालमा

नेपालगन्ज ।  उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेहरूलाई भेट्नुभएको छ । आज अपराह्न भेरी अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री खड्काले जाजरकोट भूकम्पका घाइतेहरूको अवस्था बुझ्नुभएको हो ।

उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो । उहाँले सरकारले घाइतेहरूको नि:शुल्क औषधि गर्ने जानकारी गराउँदै उपचार, प्रतिकार्य र राहतमा तदारुकताका साथ काम गरिरहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्कालाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेका अस्पतालहरूमा भइरहेको भूकम्प प्रभावित घाइतेहरूको उपचार, उद्धार र राहतका लागि भएका कामहरूको बारेमा जानकारी गराउनुभएको थियो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। पवनजंग रायमाझीले अस्पतालमा उपचाररत घाइतेहरूको अवस्थाबारे जानकारी गराउनुभएको थियो । सरकारले भूकम्प प्रभावित जिल्लाहरूका घाइतेको उपचारका लागि भेरी अस्पताललाई “डेडिकेटेड अस्पताल” तोकेको छ । भेरीमा भूकम्पका घाइतेको उपचारका लागि १०५ बेड छुट्ट्याइएको छ । हाल जाजरकोट र रुकुम पश्चिममा ३७ जना घाइतेहरूको भेरीमा उपचार भइरहेको छ । एक जना भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button