मुगु सामूहिक हत्या प्रकरण : आमासहित ३ बालबालिकाको सामूहिक दाहसंस्कार
मुगु । छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक बीभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसंस्कार गरिएको छ ।

घटना भएको ८ दिन र लासको पोस्टमार्टम भएको ४ दिनपछि हत्या गरिएका आमा र ३ छोराछोरीको दाहसंस्कार गरिएको हो ।
हत्यारा र हत्याको कारण पत्ता नलाग्दै लासहरू बुझ्न दबाब परेपछि मानसिक तनावमा रहेका मृतक श्रीदेवीका श्रीमान् दिपक बोहोरा बिहीबार बिहानैदेखि बेपत्ता भएका थिए । सबैतिर प्रहरी र स्थानीयहरूले खोजी गर्दा राती ८ बजे छायानाथ रारा नगरपालिका–४ भामवाडा गाउँस्थित आफन्तको घरमा दिपक फेला परेका थिए ।
शुक्रबार बिहान नगर प्रमुख विष्णु कुमार भाम, आफन्तहरूको सम्झाइ बुझाइपछि दिपक बोहोरा लास बुझ्न र दाहसंस्कार गर्न सहमत भएका थिए ।
आमा श्रीदेवी बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको लास जलाइएको र ८ महिने छोरा रहर बोहोरा र ८ वर्षीय छोरा अप्सरा बोहोराको लास जमिनमा दफन गरिएको नगरप्रमुख भामले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्