बाँकेमा पेट्रोल छर्किएर ज्यान मार्ने उद्योग गर्ने एक जना पक्राउ
नेपालगन्ज । बाँकेमा पेट्रोल छर्किएर आगो लगाई ज्यान मार्ने उद्योग गर्ने एक जना पुरुष पक्राउ परेका छन् ।
यही कार्तिक ७ गते राती बैजनाथ गाउँपालिका वडा नम्बर ४ मोरङबस्तीमा अक्कलबहादुर भाम, कृष्णदेवी ऐडी, समीर भाम, बाचु रुपा भाम र दुधबहादुर भाम बसेको घरमा पेट्रोल छर्किएर आगो लगाई ज्यान मार्ने उद्योग गर्ने कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ जुम्लाका ३४ वर्षीय चन्द्र भनिने चन्द भण्डारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बैजनाथ-६ मानखोलाबाट पक्राउ गरिएका भण्डारीलाई बाँके जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्