तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्णकारको हत्या आरोपमा प्रहरीद्वारा ५ जना पक्राउ गरि सार्वजनिक 

बारा । बारा प्रहरीले बाल एकता बोर्डिङ स्कुलको सञ्चालक रुपेश स्वर्णकारको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा मुख्य योजनाकार र सूचना आदानप्रदान गर्ने कलैया उपमहानगरपालिका वडा नम्बर मर्दशा टोल निवासी बर्ष २२ कि राधा गुप्ता, सहयोगीहरू सोही ठाउँ निवासी बर्ष ३४ को जामिल अख्तर, कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर बस्ने बर्ष २६ को रिजाल अन्सारीलाई सार्वजनिक गरिएको प्रहरी उपरिक्षक सुरेश काफलेले जानकारी दिनुभयो ।

त्यसैगरि पक्राउ पर्नेमा सुटर भारत मोतिहारी निवासी २३ वर्षका चन्दन कुमार र मोतिहारी घाडो सहान निवासी बर्ष २३ को अभिनव कुमार राजपुत रहेको प्रहरी उपरिक्षक काफलेले बताउनुभयो । 

घटना स्थलबाट प्रहरीले ४ थान गोलीको खोका बरामद गर्नुको साथै गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान समेत भइसकेको उहाँले बताउनुभयो ।     

हत्यामा यस अधि पनि विभिन्न घटनामा प्रयोग भएको हतियार र एउटै सार्प सुटर मोतिहारी सुकलहिया निवासी २५ वर्षीय सुजित कुमार सिंह, र सोही ठाउँ निवासी चन्चल पाण्डेय,मनिष कुमार सहनी र कामेश्वर सहनी रहेको प्रहरी उपरिक्षक काफलेले बताउनुभयो । 

मुख्य सुटर सुजित कुमार सिंह रहेको प्रहरीले जानकारी दिएको छ । हाल सम्म अनुसन्धानबाट मुख्य योजनाकार राधा गुप्ता र भारत निवासी  विवाहित मनोज गुप्ता बिच प्रेम सम्बन्ध रहेको र मृतकसँग  तीव्र विवाद र झैझगडाका कारण घटना हुन पुगेको प्रहरीको भनाई रहेको छ । 

मृतक रुपेशको हत्या गराउनका लागि भारत निवासी  सरकारी शिक्षक समेत रहेका मनोजले रु १ लाख रुपैयाँ सुटरलाई दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

घटनाको अनुसन्धान भइरहेको र चाडै नै अपराधीलाई पक्राउ गर्ने प्रहरी उपरिक्षक काफलेले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button