तपाईँ सुन्दै हुनुहुन्छः

कृषि–मौसम सल्लाह बुलेटिन तथा सन्देश प्रसारण गर्ने सम्बन्धी सम्झौता

काठमाडौँ । रेडियो नेपाल र नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रबिच कृषि–मौसम सल्लाह बुलेटिन तथा सन्देश प्रसारण सम्बन्धी सम्झौता भएको छ ।

रेडियो नेपाल केन्द्रिय प्रसारण केन्द्र मार्फत कृषि–मौसम सल्लाह बुलेटिन तथा मौसम पूर्वानुमान र यसको सावधानी सम्बन्धी सन्देशहरू उत्पादन प्रसारण गर्नेबारे रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख कालिकाप्रसाद उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

कृषि–मौसम सल्लाह बुलेटिन तथा सन्देश वि.स.२०८१ कार्तिकसम्म प्रसारणको लागि सम्झौता भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button