महासचिव गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा रहेको राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा उहाँहरुबीच भेटवार्ता भएको हो ।


महासचिव गुटेरेसले आजै सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुहुनेछ । चारदिने नेपाल भ्रमणमा रहनुभएका गुटेरेसले यसअघि उच्चस्तरीय भेटवार्ता र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको अवलोकन भ्रमण गरिसक्नुभएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्