तपाईँ सुन्दै हुनुहुन्छः

गोली हान्नेलाई कारबाही गर्न एन प्याब्सनको माग

कार्तिक १४ गते जिल्लाका सबै निजी विद्यालय बन्द गर्न आव्हान

बारा । एन प्याब्सन बाराले एक प्रेस विज्ञप्ति जारी गरी नेसनल प्याब्सनका वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश सर्राफलाई गोली हानी हत्या गर्नेलाई कारबाहीको माग गरेको छ ।

जिल्ला अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहाद्वारा जारी विज्ञप्तिमा बाल एकता बोर्डिङ स्कुल कलैया ६ बाराका संस्थापक रुपेश कुमार सर्राफलाई आपराधिक समूहले ज्ञान सरोबर बोर्डिङ र नेरामावि. (मदर्शा) स्कुलको बिच रोडमा दिनदहाडै गोली प्रहार गरी हत्या गरेको घटनाप्रति घोर भर्त्सना गर्दै हत्यारालाई कारबाहीको माग गरिएको छ ।

जिल्लाका सम्पुर्ण निजी विद्यालय सञ्चालकहरूले असुरक्षित महसुस गरिरहेकाले कार्तिक १४ गते मङ्गलवार जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्द गरिने विज्ञप्तिमा जनाइएको छ ।

उद्योग तथा व्यापार बन्द गरी समर्थन गर्न सम्पूर्ण जिल्लावासीमा एन प्याब्सन बाराले अपिल गर्दै दोषी उपर अभिलम्ब कारवाहीको प्रक्रिया अगाडी नबढाइए २४ घण्टाभित्रै चरणबद्ध रुपमा थप कडा आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button