तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश सभामुख कपको तयारी पुरा

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम कोशी प्रदेश सभामुख कपको तयारी पुरा भएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै समाज विकास केन्द्र, नेपालले प्रथम कोशी प्रदेश सभामुख कपको तयारी पुरा भएको जनाएको हो ।

समाज विकास केन्द्रको आयोजनामा कार्तिक १५ देखि २२ गतेसम्म हुने प्रथम कोशी प्रदेश सभामुख कपको सबै तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयोजक संस्थाका अध्यक्ष सेराज हुसेनका अनुसार भोक्राहा नरसिंह–४ जामिआ खेलमैदानमा हुन लागेको प्रथम कोशी प्रदेश सभामुख कप–२०८० फुटबल प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ ।

सबै टिममा राष्ट्रिय र नाम चलेका खेलाडी रहने कोच तथा राष्ट्रिय फुटबल खेलाडी शशि थापा मगरले जनाकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमले २५ हजार रुपियाँ, सिल्ड, मेडल र प्रमाण पत्र तथा उपविजेता टिमले १५ हजार रुपियाँ, सिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button