दुर्गा मूर्ति विसर्जनमा गएका दुईको डुबेर मृत्यु
रुपन्देही । दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताउनुभयो । बेपत्ता सन्तकुमारको खोजी भइरहेको उहाँले बताउनुभयो ।
रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको सङ्गममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्