तपाईँ सुन्दै हुनुहुन्छः

डेङ्गुबाट पाल्पामा थप एक जनाको मृत्यु

पाल्पा । पाल्पामा डेङ्गु सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

यो सँगै पाल्पामा यो वर्ष डेंगुबाट चार जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नं. २, रुप्सेका ८४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

डेङ्गु सङ्क्रमित पुरुषको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रकुमार गिरीले बताउनुभयो ।

गत असोज २७ गते अस्पतालमा भर्ना भएका पुरुषको अस्पतालमै मृत्यु भएको हो । मृतकमा डेंगुसंगै स्क्रबटाइफसको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

यसअघि तानसेन–६ का ६९ वर्षकी महिला, माथागढी–१, का ३५ वर्षका पुरुष र वालिङ नगरपालिका–११ का ११ महिने बालिकाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button