तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा स्कुल बस पल्टिँदा एक विद्यार्थीको मृत्यु

नेपालगञ्ज । बाँकेको खजुरामा स्कुल बस पल्टिँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा पल्टिएको थियो ।

४० जना विद्यार्थी बोकेर खजुराबाट सिमलघारी गइरहेको बस पल्टिँदा १२ वर्षीय दीप नेपालीको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

बस सडकबाट १५ मिटर तल खसेको थियो । बसमा रहेका आठ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूको सुशील कोइराला क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button