सरकार परिवर्तनको हल्ला निराधार : माधव नेपाल

नेपालगञ्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार परिवर्तन हुने हल्ला निराधार रहेको बताउनुभएको छ ।
बर्दियाको गुलरियामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्ता गठबन्धन एकजुट रहेको भन्दै सरकार परिवर्तनको हल्ला फिँजाउनुको कुनै अर्थ नरहेको बताउनुभयो । नेपालले सरकार भ्रष्टाचार विरोधी अभियानमा लागेकाले केहीलाई उकुसमुकुस भएर सरकार परिवर्तनको हल्ला फिँजाएको जिकिर गर्नुभयो ।
मुलुकमा कृषि क्रान्ति जरुरी भएको बताउँदै उहाँले यसबाट बेरोजगारी समस्या समाधानमा ठूलो सहयोग पुग्ने दाबी गर्नुभयो । नेपालले विश्वव्यापीरुपमा देखिएको आर्थिक सङ्कटको असर नेपालमा पनि परेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्