एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आज देखी धनगढीमा शुरु
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रथम प्रदेश अधिवेशन आज देखी धनगढीमा शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक समारोहका बीच प्रदेश अधिवेशनको उद्घाटन गर्नु भयो ।
अधिवेशनलाई अध्यक्ष ओली, महासचिव शङ्कर पोखरेल, सचिव द्वय लेखराज भट्ट, छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य द्वय कर्ण थापा, काशीनाथ अधिकारीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । आज र भोली दुई दिनसम्म चल्ने अधिवेशनमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट ६ सय ७५ जना प्रतिनिधिको सहभागिता रहेको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिनुभयो ।
अधिवेशनले १ सय ५५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने बताइएको छ । उद्घाटन समारोहमा विभिन्न लोकसंस्कृति, भेषभुषा झल्कने झाकी प्रस्तुत गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्