तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरका चार स्थानमा यात्रु साहायता कक्ष स्थापना

पाँचथर।चार्ड पर्वहरूलाई लक्षित गरि पाँचथरका चार स्थानमा यात्रु साहयता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको छ ।

नजिकिँदै गरेको पर्वहरू दशैँ, तिहार, छठ जस्ता पर्वहरूलाई लक्षित गरि यात्रुहरूलाई सहज होस भनेर साहायता कक्ष स्थापना गरिएको हो । जिल्लाको फिदिम बजार स्थित पुरानो बसपार्क शनिबारे, मिक्लाजुङको रवी बजार, पाँचथर र इलामको सिमावर्ती राँके बजार र हिलिहाङको गणेश चोकमा यात्रु साहयता कक्ष स्थापना गरिएको छ ।

सडक सुरक्षा तथा सवारी साधन न्युनिकरण, ट्राफिक व्यवस्थापन, सवारी चालक, यातायात व्यवसायी र आम सर्वसाधारणमा सहजताको लागि यात्रु साहायता कक्ष स्थापना गरिएको प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button