तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक सङ्कट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट महँगी लगायत समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित सभामा अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्रमा देखा परेको सङ्कट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र समेत बुझाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button