तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जको सद्भाव बिथोल्न खोज्ने ६ जना भारतमा पक्राउ

 
बाँके । नेपालगन्जको धार्मिक सद्भाव बिथोल्न खोज्ने ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबै भारतीय नागरिक रहेको बताइएको छ । सीमा क्षेत्र भारतीय बजार रूपैडियामा बसेर उनीहरूले सामाजिक सद्भावविरुद्ध जथाभाबी रुपमा सामाजिक सञ्जालमा लेख्ने गरेका थिए । 
 
नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने मनसायले सामाजिक सञ्जालमार्फत उनीहरूले म्यासेज र भिडियो प्रवाह गरेको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । भारतको रूपैडियास्थित भारतीय प्रहरीले शुक्रबार एक जना, बिहीबार चार जना र बुधबार एक जनालाई पक्राउ गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button