तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड बझाङमा

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि केही बेर अघि बझाङ पुग्नु भएको छ । 

प्रधानमन्त्री दाहालसँग उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खडका, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउँद,  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह,  आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट लगायत रहनु भएको छ । 

उहाँहरूले भूकम्प प्रभावित बझाङको सदरमुकाम चैनपुरमा क्षतिग्रस्त संरचनाको निरीक्षण अनुगमन गर्नुहुँदै बझाङमा भूकम्पबाट भएको जनधनको क्षतिबारे सुरक्षा अधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिसँग जानकारी लिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button