स्वास्थ्यकर्मीमाथि हातपात गर्नु निन्दनीय कार्य : मन्त्री बस्नेत
दाङ । स्वास्थ्यमन्त्री मोहन बस्नेतले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइसकिएको बताउनुभएको छ ।

विभिन्न कार्यक्रम भेटघाटका क्रममा मन्त्री बस्नेतले स्वास्थ्यकर्मी हातपात गर्नु ज्यादै निन्दनीय कार्य भएको उल्लेख बताउनुभयो ।

उहाँले कानुन हातमा लिने जुनसुकै समूहलाई कानुनी पनि दायरामा ल्याई मुद्दा चलाउन गृह मन्त्रालयसँग छलफल गरी प्रहरीलाई निर्देशन दिइएको स्पष्ट पार्नुभयो । स्वास्थ्यकर्मीहरूको सुरक्षाको लागि राज्य प्रतिबद्ध रहेको बताउँदै मन्त्री बस्नेतले गलत ढंगले हुल हुज्जत गरेर स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात गर्ने कुरा सरकारलाई सह्य नहुने बताउनुभयो ।
जनताको स्वास्थ्यका विषयमा संवेदनशील रहेको बताउँदै उहाँले कसैको पनि औषधि तथा उपचार अभावमा मृत्यु नहोस् भन्ने सरकारको उद्देश्य रहेको बताउनुभयो।







प्रतिक्रिया राख्नुहोस्