बझाङ भूकम्प : भूकम्पमा परी १ जना बेपत्ता २७ जना घाइते
धनगढी ।बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी १ जना बेपत्ता भएको र २७ जना घाइते भएका छन् । भूकम्पले ४ सय १० वटा घर तथा भवनका क्षति पुर्याएकाे छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भरत बहादुर बोहराले भूकम्पसँगै पहिरो खस्दा बझाङको जयपृथ्वी नगरपालिका ११ कि गुनदेवि धामी बेपत्ता भएको बताउनुभयो ।
उनी जङ्गलमा गएका वेला पहिरोमा परि बेपत्ता भएको र खोजी कार्य भइरहेको उहाँले बत्ताउनुभयो । डिआइजी बोहराले भूकम्पमा परि बझाङमा १८ जना, बैतडीमा २, बाजुरामा २ र अछामका ५ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र बझाङका ४ जना घाइतेलाई थप उपचारका लागि धनगढीतर्फ रिफर गरिएको बताउनुभयो ।
यस्तै भूकम्पले ४ सय १० वटा भौतिक संरचनामा क्षति पुर्याएकाे छ। ती मध्य ७७ घर तथा भवन पूर्णरुपमा क्षतिग्रस्त भएको र ३ सय ३३ घर तथा भवनमा आंशिक क्षति भएको डिआइजी बोहराले बताउनुभयो । भूकम्पबाट बाजुरा, बझाङ, अछाम, डोटी, बैतडी, दार्चुला, डडेल्धुरामा क्षति पुगेको प्रहरीको भनाई छ ।
हिजो दिउँसो बझाङको तलकाेट र चैनपुर केन्द्र बिन्दु भएर भूकम्प गएको थियो । त्यसपछि पनि पटक-पटक भूकम्पको पराकम्प गएको थियो ।








प्रतिक्रिया राख्नुहोस्