तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको कोहलपुर सडकखण्ड अबरुद्ध

नेपालगञ्ज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर सडकखण्ड अवरुद्ध भएको छ ।

सडक अवरुद्ध पारिएपछि पूर्व पश्चिम राजमार्ग र रत्न राजमार्ग भएर चल्ने सवारी साधन बाटोमै रोकिएका छन् । टिप्परको ठक्करबाट हिजो बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुरका ७० बर्षीय पतिराम थारुको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध पारिएको हो । मृतक थारुका परिवारले टिप्पर चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेका हुन् । उनीहरूले कोहलपुर चौराहामा अवरोध गरेका छन् ।

हिजो दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ क २०२९ नम्बरको टिप्परले साइकलमा सवार थारुलाई ठक्कर दिएको थियो । घटनामा गम्भीर घाइते थारुको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button