ओपिडी बन्द गरेर पोखराका डाक्टरहरू सडकमा

कास्की । डाक्टरमाथि आक्रमण भएको भन्दै पोखराका डाक्टरहरू आन्दोलित भएका छन् । हिजो देखि इमरजेन्सी बाहेक अन्य सेवा ठप्प पारेका डाक्टरहरू सडकमा आएका छन् । पोखराको न्युरोड सभागृहचोक सृजर्नाचोकमा उनीहरू १ घण्टा चक्काजाम समेत गरेका छन् ।
डाक्टर कुट्नेलाई तत्कालन कडा कारबाही गर्न माग समेत उनीहरूले गरेका छन् ।
मणिपाल शिक्षण अस्पतालमा उपचाररत सुकमाया दुराको मृत्युपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो अस्पतालमा आइतबार उपचारका लागि पुगेका ५७ वर्षीय सुकमाया दुरा गुरुङको उपचारको क्रममा मृत्यु भएपछि तनाव उत्पन्न भएको थियो। आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

बिरामीका आफन्तका अनुसार ढाड दुख्ने समस्या र प्रेसर लो भएर मणिपाल अस्पताल पुगेका बिरामीको मृत्यु भएको आफन्तले बताएका छन् ।
सामान्य अवस्थामा अस्पतालमा भर्ना गरिएका बिरामीको कसरी मृत्यु भएको हो भनेर डाक्टरहरूसँग सोधपुछ गर्ने क्रममा डाक्टरले हात हालेपछि तनाव उत्पन्न भएको बिरामीका आफन्तले बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मिन बहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा डाक्टर दिनेश कुमार विकलाई रिहा गरिएको हो । यद्यपि चिकित्सकलाई कुटपिटमा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पीडित परिवार पक्षका विनय गुरुङमाथि भने अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको छ ।









प्रतिक्रिया राख्नुहोस्