सङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग
काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गरेको छ ।
सङ्गठनको भरखरै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको निर्णय सार्वजनिक गर्न आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले कर्मचारीको हित र साझा सुझावअनुसार विधेयक नआएमा आफूहरूले शिक्षक–कर्मचारीको भन्दा विशाल आन्दोलन गर्ने गर्ने जानकारी दिनुभयो ।
निजामती कर्मचारी सङ्गठनले स्वास्थ्य सेवा र संसद् सेवालाई निजामती सेवामा समावेश गर्न, सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई निजामती सेवाको परिभाषामा समेट्न, ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’ को अवधारणा कार्यान्वयन गर्न, अन्तर तह र अन्तर प्रदेशसहित वैज्ञानिक सरुवाको व्यवस्था गर्न र उमेर हद ६० वर्ष कायम गर्न पनि माग गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्