साङ्केतिक भाषा दिवसका अवसरमा जनचेतनामूलक र्याली
विराटनगर । छैटौँ अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस तथा अन्तर्राष्ट्रिय बहिरा सप्ताह–२०२३ को अवसरमा विराटनगरमा आज जनचेतनामूलक र्याली निकालिएको छ ।

स्थानीय जनआन्दोलन चोकबाट शनिबार जनचेतनामूलक र्याली निकालिएको थियो । राष्ट्रिय बहिरा महासङ्घ नेपाल कोशी प्रदेश समिति, कोशी बहिरा संघ मोरङको आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाको सहयोगमा र्याली निकालिएको हो ।
र्यालीको विराटनगर महानगरपालिकाकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा कार्यवाहक मेयर कार्कीले साङ्केतिक भाषाको प्रयोगमा जोड दिनुभयो । उहाँले पछिल्लो समय बोल्ने र नबोल्ने सबैले साङ्केतिक भाषा सिक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उपप्रमुख कार्कीले साङ्केतिक भाषा शब्दावलीमा आवश्यकता अनुसारको नयाँ शब्दहरू थप्दै लैजानुपर्ने विषयमा समेत जोड दिनुभयो ।
राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेश अध्यक्ष सीताराम ओझाले विश्वभरि असोज १ गतेदेखि साङ्केतिक भाषा दिवस साताव्यापी रुपमा मनाउने प्रचलन रहे पनि आर्थिक अवस्थाकै कारण नेपालमा त्यो सम्भव नभइरहेको गुनासो गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्