तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधान निर्माणका नेम्वाङको भूमिका अतुलनीय’

धनगढी । नेपालको संविधान निर्माणमा दिवङ्गत नेता सुवासचन्द्र नेम्वाङको योगदान अतुलनीय रहेको एक कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ ।

संविधान सभाका अध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज धनगढीमा आयोजित ‘सुवास र संविधान’ प्रवचन कार्यक्रममा उहाँको स्मरण गरिएको हो ।

कार्यक्रमका प्रमुख वक्ता नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान निर्माणमा उहाँको नेतृत्वदायी भूमिका रहेको बताउनुभयो । सहमति, सहकार्य, समझदारीलाई राजनीतिको मियो बनाउनुभएका उहाँको पथलाई आत्मसात गरि अघि बढ्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य नारदमुनि राना, प्रदेश अध्यक्ष दामोदर भण्डारी, मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेपाली काँग्रेसका प्रदेश समिति उपसभापति लोकराज अवस्थी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button