‘खेलले अन्तर्राष्ट्रिय पहिचानका साथै राष्ट्रियता बलियो बनाउँछ’
जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशका उपनेता तथा प्रदेश सभाका सदस्य दिपेन्द्र ठाकुरले देशको पहिचान बढाउन तथा राष्ट्रियतालाई मजबुत बनाउन खेलकुदको विकास आवश्यक भएको बताउनुभएको छ ।

नेपाल सितोरियो कराँते संघ धनुषाद्वारा आज जनकपुरधाममा खेलाडीहरूका लागि आयोजित सम्मान शपथ ग्रहण कार्यक्रममा खेलकुदले देशको पहिचान विश्वमा गराउनुका साथै सबै भूगोल तथा क्षेत्रमा बस्ने जनतालाई एक सूत्रमा बाँध्ने ठाकुरले बताउनुभयो ।
कार्यक्रममा कराँते खेलकुदमा विशेष योगदान दिनुभएका खेलाडीहरूलाई सम्मान गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्