तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीमाथि कुकर्म गरेकाे आरोपमा शिक्षक पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाको एक विद्यालयका शिक्षकले  १३ वर्षीय छात्रालार्ई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ । 

 गाउँपालिकाको वडा नं ६ मेहेल स्थित निलगिरी माद्यामिक विद्यालयमा अध्ययनरत छात्रालाई करणी गरेको अभियोगमा सप्तरी जिल्लाको महादेव गाउँपालिका २ का लक्ष्मी प्रसाद शाह लाई पक्राउ गरिएको हो । 

पीडित बालिकाको आबिभावकबाट जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।  

शाह विगत २ वर्ष अघिदेखि सो विद्यालयमा विज्ञान विषय अध्यापन गराउँदै आएका शिक्षक भएको विद्यालय प्रधानाध्यापक गोपालदास कडरीयाले बताउनुभयो ।  उनलाई कक्षा ९ मा अध्ययनरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा गत भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी नायव उपरीक्षक लिम्बूले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button