उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ ।
परिषद्को आज बसेको बैठकले नायब महान्यायाधिवक्ता एवं बेपत्ता छानबिन समितिका सचिव श्यामकुमार भट्टराई, सरकारी वकिल, न्याय प्रशासन र कानुन समूहबाट एक/एक जना सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै जिल्ला न्यायाधीशबाट १८ जना र ६ जना कानुन व्यवसायीबाट सिफारिस गरिएको परिषद्का प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्