‘सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्छ’
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्ने बताउनु भएको छ ।

मुख्यमन्त्री चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउँदै स्थापित गर्न सङ्घीय सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिका महासङ्घको आयोजनामा दाङको भालुवाङमा शुक्रवार भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेश स्तरीय परामर्श गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरिले प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसँग आग्रह गर्नुभयो ।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार समेत सङ्घले दिन नखोज्दा सङ्घीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने सङ्केत देखिएको बताउनुभयो ।
उहाँले स्थानीय र प्रदेश सरकारले साना योजना भन्दा पनि देखिने प्रभावकारी योजनाहरू निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले सबै योजनाहरू आर्थिक समृद्धिसँग जोडेर जान सकेमा जनताको आयस्तर बढ्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्