रोजगारीको माध्यम सँगै छोटो गन्तव्यलाई सहज बन्दै अटो रिक्सा

नवलपरासी । मूलतः तराईका जिल्लाहरूमा तिन पाङ्ग्रे अटो दैनिक आय आर्जनको माध्यम भनेको छ ।स्वरोजगार सँगै छोटो दुरीको गन्तव्यका लागि तराईमा अटो सहज साधनको रुपमा देखिएको छ ।
वैदेशिक रोजगारी बाट फर्केकाहरूका लागि अटो जीविकोपार्जनको बाटो बनेको छ ।भने अर्कातिर आम नागरिकको दैनिकी समेत अटो रिक्साले सहज बनाइदिएको छ । साना गल्लीहरूमा समेत घर आँगनबाटै यात्रु ओसारपसार गर्ने भएपछि अटोरिक्सा लोकप्रिय साधनको रुपमा रोजाइमा पर्ने गरेको छ।
बर्दघाट १४ का तिलप्रसाद श्रेष्ठ बिहानै अटो लिएर घर बाट निस्कनु हुन्छ । बिहान देखि साझ सम्म चलाउँदा दैनिक १५ सय देखि २ हजार सम्म कमाई हुने उहाँको भनाई छ । पहिले पहिले त ३/४ हजार पनि हुन्थ्यो अहिले अटोको सङ्ख्या पनि बढेको छ धेरै कमाई नभए पनि गुजारा चलेको छ श्रेष्ठले भन्नुभयो ।अचेल यात्रु खोज्ने भन्दा पनि कहीँ कतै जानू परे यात्रुहरूको फोनको आधारमा जाने गरेको उहाँको भनाई छ ।
पश्चिम् नवलपरासीमा अटोको सङ्ख्या एकिन नभएपनी पछिल्लो समय पेट्रोल अटोको सङ्ख्या ह्वात्तै बढेको छ ।अटो चालकहरूका लागि अटो गरिखाने दरिलो साधनको रुपमा आउन थालेको छ ।बस तथा अन्य ठुला साधनको पहुँच नपुगेका ठाउँहरूमा समेट अटो रिक्सा पुग्ने हुँदा आम सर्वसाधारणको यात्राका लागि मात्र नभएर ग्रामीण क्षेत्रमा सामान ओसारपसारका लागि समेत अटोले सहज बनाइदिएको छ ।”भित्री बाटोहरूमा बस र अरू साधनहरू जाँदैनन् अटो जहाँ पनि पाइन्छ सामान सहित दैलोमै पुर्याइदिन्छ निकै सजिलो भएको छ” बर्दघाट-४ लक्ष्मिनगरकी दुर्गा पन्थले भन्नुभयो ।बस चल्ने ठाउँहरूमा पनि लामो समय कुर्नु पर्छ अटो कुर्नु नपर्ने वा फोन गरेरै बोलाउन पनि सकिने पन्थको भनाई छ ।
अहिले नवलपरासीमा वैदेशिक रोजगारी बाट फर्किएका युवा पीढी देखि बेरोजगार भएकाहरूका लागि अटो रिक्सा, विद्युतीय ई-रिक्सा जीवन यापनको माध्यम बनेको छ।बर्दघाट नगरपालिका वडा नम्बर १ निवासी इन्द्र बहादुर जिसिले पनि लामो समयको विदेश बसाई पछि अहिले नेपाल फर्किएर अटो चलाउन थालेको करिब ३र४ बर्ष पुगेको छ ।
बिजुली बाट चल्ने ई रिक्सालाई भन्दा पेट्रोल बाट चल्ने अटोहरूलाई इन्धनको भाउ बढ्दा त्यति फाइदा नहुने उहाँको भनाई छ ।
विगतका तुलना अटोको सङ्ख्या ह्वात्तै बढेकाले पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा हुने गरेको व्यवसायीहरूको गुनासो छ ।दिन प्रतिदिन अटोको सङ्ख्या बढ्दै गएकाले स्थानीय तहले मापदण्ड बनाई यसको नियमन गर्नु पर्ने बताउनु हुन्छ बर्दघाट ई रिक्सा तथा अटो टेम्पु प्रालिका सल्लाहकार (याम बहादुर थापा मगर ।यता जतापनी अटो रिक्सा जाने हुनाले आफूहरू मर्कामा परेको बस व्यवसायीहरूको गुनासो छ ।अटो भित्रिएपछि छोटो रुटमा चले बसहरू पनि चल्न छाडेका छन् ।







प्रतिक्रिया राख्नुहोस्