तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रालय नबढाउन लुम्बिनी प्रदेश समितिको मुख्यमन्त्री चौधरीलाई निर्देशन

काठमाडौँ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश समितिले भागबण्डा मिलाउन मन्त्रालय नफुटाउन मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई निर्देशनात्मक आग्रह गरेको छ।

लुम्बिनी प्रदेश सरकार पूर्णता दिन मन्त्रालय बढाउने तयारीमा रहेको लुम्बिनी प्रदेश सरकारका लाई नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आर्थिक भार थपिने गरी मन्त्रालय नबढाउन आग्रह गरेको छ। 

लुम्बिनी सभापति अमरसिंह पुनको अध्यक्षतामा बुधबार बेलुकी साँझ सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै  प्रदेश मुख्य सचिव मोहनराज शर्माले बताउनु भयो । सचिव शर्माका अनुसार कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले आर्थिक भार पर्ने गरी मन्त्रालयको सङ्ख्या नबढाउन काङ्ग्रेस नेतृत्वलाई  निर्देशन गरेको छ।

लुम्बिनी प्रदेशमा हाल मन्त्रालय थप्नेबारे छलफल चलिरहेको भन्दै अहिलेको अवस्थामा मन्त्रालयको सङ्ख्या थप गर्दा आर्थिक भार थपिने र त्यसले नागरिक स्तरमा नकारात्मक प्रभाव पर्ने मुख्य सचिव मोहनराज शर्माले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ। 

हाल विद्यमान मन्त्रालयको सङ्ख्या नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन कांग्रेस नेता तथा प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरिएको छ।सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय सरकारले प्रदेश सरकारलाई संविधानले तोके अनुसारका अधिकार दिन पनि माग गरिएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button