तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा बक्सिङ प्रशिक्षण सुरु

धनकुटा । धनकुटामा बक्सिङ खेलाडी उत्पादन गर्ने उद्देश्यले धनकुटा सदरमुकाममा सोमबारबाट बक्सिङ प्रशिक्षण सुरु भएको छ ।

जिल्ला बक्सिङ संघ धनकुटाको आयोजनामा सोमबारबाट धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा सुरु भएको बक्सिङ खेलको प्रशिक्षण चर्चित प्रशिक्षक किशोर कुमार लिम्बु (सम्वाहाम्फे) ले गराउनुहुने बक्सिङ संघ धनकुटाका अध्यक्ष विदुर खवासले जानकारी दिनुभयो ।

प्रशिक्षणको पहिलो दिनमा २१ जना खेलाडीको सहभागिता रहेको भए पनि पछि खेलाडी थपिने उहाँले जानकारी दिनुभयो । जिल्लामा बक्सिङ खेलाडीका लागि औपचारिक रुपमा पहिलो पटक प्रशिक्षणको आयोजना गरिएको अध्यक्ष खवासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button