तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको बीस  लाख रुपैयाँसहित दुई जना पक्राउ 

नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले शनिबार स्रोत नखुलेको नेपाली २० लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको सरावल गाउँपालिका वडा नम्बर-७ भुजहवा स्थित झरही खोला पुलमा बिना नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट कम्मर पेटीमा राखेको अवस्थामा उक्त रकम फेला परेको एसपी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका २ बस्ने बर्ष २४ को रामपत गुप्ता र सोही ठाउँ बस्ने बर्ष ३८ को गफ्फार राईन कुजडा रहेका छन् । १ हजार १ सय ९० थान एक हजारका र १ हजार ६ सय २० थान  ५ सयको नोट रहेको प्रहरीले जनाएको छ ।

स्रोतखुलाउन नसकेपछि पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button