तपाईँ सुन्दै हुनुहुन्छः

सप्तकोसी पुलबाट बेपत्ता भएका डाक्टरको शव फेला

सुनसरी । सप्तकोसी पुलबाट सवारी साधन छाडेर बेपत्ता भएका डाक्टरको शव फेला परेको छ ।

मोरङको उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डाक्टर प्रज्वल कोइरालाको शव कोशीको अङ्गालोमा भेटिएको हो ।

झापाको दमक १ मा घर भई गत साउन २९ गतेदेखि मदन भण्डारी ट्रमा सेन्टरमा करारमा नियुक्त डाक्टर कोइराला गत भदौ १० गते आइतबार अस्पतालमा बिरामी चेकजाँच गरी बेपत्ता भएका थिए ।

सुनसरी र उदयपुरको सीमाको कोसी पुलमा आफू चढ्ने गाडी, मोबाइल र पर्स छोडेर बेपत्ता भएका कोइरालाको शव वराहक्षेत्र नगरपालिका वडा नं. २ को कोसीको भङ्गालोमा फेला परेको हो ।

कोसीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकका बुवा दिवाकर कोइरालासहित दमक १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोलीले शवको पहिचान गर्दा कोइरालाकै भएको ठहर भएपछि शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ । पोस्टमार्टमपछि उनको शव घर लगिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button