गिद्ध संरक्षणका लागि डाइक्लाफेनाक औषधिको प्रयोग पूर्णरुपमा प्रतिबन्ध गर्न आग्रह

बाँके । प्रकृतिको कुचीकारको रुपमा रहेको गिद्ध संरक्षणका लागि डाइक्लाफेनाक औषधिको प्रयोग पूर्णरुपमा प्रतिबन्ध गर्न आग्रह गरिएको छ ।
गिद्ध मांसाहारी भए पनि आफैँले शिकार भने गर्दैन र मरेको सिनो खाएर प्रकृतिलाई सफा राख्न सहयोग पुर्याउने हुनाले गिद्धलाई प्रकृतिको कुचीकार भनिएको छ गिद्धको सरक्षणमा लाग्न सके वातावरण मात्र नभएर मानव शरीर पनि स्वस्थ रहने वर्ड कन्जरभेसनका विज्ञ भुपाल नेपालीले बताउनुभयो ।
गिद्धले एक वर्षमा झण्डै एक हजार एक सय डलर बराबरको फोहर अर्थात् नेपाली रुपैयाँ एक लाख ४५ हजार दुई सय बराबरको फोहर खाएर व्यवस्थापन गर्ने गरेको उहाँको भनाइ रहेको छ।

पशु चौपायाको उपचारमा डाइक्लोफेनाक सोडियमको प्रयोगले गिद्धहरूको विनाश हुने भएकाले डाइक्लाफेनाक प्रयोग पूर्णरुपमा प्रतिबन्ध गरी गिद्ध तथा वातावरणलाई पूर्ण रुपमा फाइदा पुर्याउनका लागि आग्रह गरिएको छ ।
गिद्धका बासस्थान सिमल, साजलगायत रुखको संरक्षण र मरेका पशुचौपायको सिनो समुदायलाई असर नपर्ने गरी गिद्धले सजिलै भेट्न सक्ने खुला ठाउँमा फाल्न बाँके राष्ट्रिय निकुञ्जका संरक्षक अधिकृत उत्तम चौधरीले बताउनु भयो ।
यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यले विगतको वर्षको तुलनामा गिद्धको सङ्ख्या क्रमिक रुपमा वृद्धि भइरहेको र पछिल्लो समय गिद्ध लोप हुनुमा आहराको कमी, जनचेतनाको कमी र मरेको सिनोमा समेत विषादी प्रयोग गर्नुले गिद्ध संरक्षणमा चुनौती थपिएको बताउनु भएको छ। उहाँले स्थानीय तह बाट गिद्ध संरक्षकको लागि विशेष अभियान सञ्चालन गरेर यसको संरक्षकको बारेमा जनचेतना अभियान सञ्चालन गरिने बताउनु भयो।
गिद्ध सचेतना दिवस हरेक वर्ष सेप्टेम्बर पहिलो हप्ता अर्थात् भदौ महिनामा मनाइन्छ ।








प्रतिक्रिया राख्नुहोस्