मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
नवलपरासी । भारतीय मोटरसाइकलको ठक्करबाट बर्दघाटमा एक ५ वर्षीय बालकको मृत्यु भएको छ।
बिहान करिब १० बजे बर्दघाट ६ बस्ने रोहित थारुको भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकललाई प्रहरीले बर्दघाट १६ बाट नियन्त्रणमा लिएको छ ।
फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले डिएसपी भोजराज पाण्डेले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
ठक्कर पश्चात् बालकलाई उपचारको लागि रुपन्देहीको देवदह मेडिकल कलेज लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्