कोशीको मुख्यमन्त्री विरुद्धको रिट निवेदनमा पूर्ण इजलासमा सुनुवाई जारी

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनमाथि आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई भइरहेको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा मुख्यमन्त्री थापा विरुद्धको रिट निवेदनमा सुनुवाई भइरहेको हो ।
हिजो रिट निवेदक नेकपा एमाले संसदीय दल कोशी प्रदेशका नेता हिक्मतकुमार कार्कीको पक्षबाट बहस सकिएको र आज पुनः रिट निवेदकका विपक्षीहरूको तर्फबाट सुनुवाई भइरहेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।
मुख्यमन्त्री थापाले प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्यको समेत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्की त्यस विरुद्ध भदौ १७ गते सर्वोच्चमा रिट लिएर जानुभएको थियो ।
मुख्यमन्त्री थापालाई प्रदेश सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरेको भन्दै रिट निवेदनमा यसरी लिइएको विश्वासको मत असंवैधानिक रहेको दाबी गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्