कोशीको मुख्यमन्त्रीविरुद्धको रिटमाथिको सुनुवाई पूर्ण इजलासमा
काठमाडौँ। सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनको सुनुवाई आज पूर्ण इजलासमा हुदैछ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा रिट निवेदनको सुनवाई गर्न पेशी तोकिएको छ ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदनमा सुनवाई गर्दै पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।
संयुक्त इजलासले मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदन आजदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ गर्नसमेत आदेश दिएको थियो ।
मुख्यमन्त्री थापाले प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्यको समेत विश्वासको मत लिएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्की त्यसविरुद्ध सर्वोच्चमा रिट लिएर जानुभएको थियो ।
रिट निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले भदौ ७ गते कारण देखाऊ आदेश जारी गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्